तथ्यांकको अभावमा महिला आप्रवासी कामदार क्षतिपुर्ती रकम पाउनबाट वञ्चित

2009-03-12

तथ्यांकको अभावमा महिला आप्रवासी कामदार क्षतिपुर्ती रकम पाउनबाट वञ्चित

वैदेशिक रोजगारमा जाने महिला कामदारहरुको सरकारसँग आवश्यक सम्पुर्ण तथ्यांक र विवरण नहुँदा इजरायलमा काम गरी फर्किएकी तर स्थाई ठेगाना र विवरण थाहा हुन नसकेकी एक नेपाली कामदार आफुले पाउने क्षतिपुर्ति रकमबाट वञ्चित हुनु पर्ने भएको छ ।  दिलकुमारी राई (पासपोर्ट नम्बर २१७५१३२) उल्लेख भई इजरायलमा काम गरी नेपाल फर्किसकेकी नीजले सम्बन्धीत पक्षवाट पाउनुपर्ने क्षतीपुर्ती रकमवाट वञ्चित हुन सक्ने अवस्था सृजना भएको छ ।

दिलकुमारी राई केहि बर्ष अगाडी इजरायल पुगी काम गर्ने क्रममा चित्तबुझ्दो नभएपछि स्थानिय Kav Laoved  संस्थाको सहयोगमा इजरायलको श्रम अदालतमा आफ्नो कम्पनी विरुद्ध मुद्दा दायर गरेर  नेपाल फर्किन । उक्त संस्थाले दिलकुमारी राईको नाममा कानुनी वकालत गरेपछि कामदार कम्पनीले नीज दिलकुमारी राईलाई क्षतीपुर्ती उपलब्ध गराउने निर्णय ग¥यो । उक्त संस्थाले क्षतीपुर्ती उपलब्ध गराउनका लागि दिलकुमारी राईको विवरण र उनीसँग सम्पर्क गर्न खोज्यो तर उनीहरुसँग आवश्यक सम्पर्क ठेगाना उपलब्ध हुन सकेन । उक्त संस्थाले Migrant Forum Asia को सहयोगमा नेपालमा रहेका आप्रवासन सम्बन्धी काम गर्ने संघ संस्थालाई उनको सम्पर्क विवरण माग गरी पठाईएकोमा श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग र परराष्ट्र मन्त्रालयसँग सम्पर्क गर्दा कसैले पनि उनको विवरण र सम्पर्क ठेगाना उपलब्ध गराउन सकेनन् ।

त्यसैले हामी यो प्रेस विज्ञप्ती मार्फत सम्पुर्ण सञ्चार माध्यम, संघ संस्था र सम्वन्धित सरोकारावालाहरु समक्ष दिलकुमारी राईको सम्पर्क विवरण खोजी गरी उनलाई सम्पर्क गराई क्षतीपुर्ती दिलाउने कार्यमा सहोग गरिदिनुहुन अनुरोध गर्दछौं । यदि तपाईले दिलकुमारी राईको विवरण र सम्पर्क थाहा पाउनु भयो भने युथ एक्सन नेपाल, अनामनगर, काठमाडौंको फोन ०१—४७७१५३५ (मदन पोख्रेल) मा सम्पर्क गर्न सक्नु हुनेछ ।

विष्णु ब. खत्री
कार्यकारी निर्देशक