नव नियुक्त युवा मन्त्री को स्वागत कार्यक्रम सम्पन्न

नव नियुक्त युवा मन्त्री को स्वागत कार्यक्रम सम्पन्न

युवा कार्य नेपाल ले अन्तराष्ट्रिय युवा दिवस २०१६ को अवसर पारेर नवनियुक्त युवा तथा खेलकुद मन्त्री माननिय दलजित स्रिपाली लाई स्वागत गरेको छ । एक कार्यक्रम आयोजना गर्दै युवाका क्षेत्रमा कार्यरत युवा अधिकार कर्मी, नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय युवा परिषद का प्रतिनिधि लगयत अन्य युवा राजनीति दलका प्रतिनिधि हरुको संयुक्त उपस्थिती मा कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा युवा कार्य नेपाल का पुर्व अध्यक्ष हरुले कार्यक्रम लाई सम्बोधन गर्नु भएको थियो । कार्यक्रम को सहजिकरण संस्था का वर्तमान अध्यक्ष लेखनाथ निरौला ले गर्नु भएको थियो भने संस्था का कोषाध्यक्ष मदन पोखरेल ले युवा मन्त्री लाई पुष्प गुच्छा ले सम्मान गर्नु भएको थियो ।