युवालाई हिंसात्मक कार्यमा प्रयोग नगर

2010-06-10

युवालाई हिंसात्मक कार्यमा प्रयोग नगर

मितिः ०६७ जेठ ३१ गते

प्रेस विज्ञप्ति

विगत केही दिनयता धनुषा, काठमाडौंलगायतका जिल्लामा सञ्चारकर्मी, निजामती कर्मचारीमाथि भएको गोली प्रहार, हत्या तथा बम विस्फोटनको घटनाप्रति हाम्रो गम्भीर ध्यानकर्षण भएको छ । हामी ती घटनाको निन्दा एवम् भत्र्सना गर्दछौं ।

धनुषा जिल्लामा विगत एक हप्ताको अवधिमा व्यवसायी रामेश्वर साह, जिविसका पियन शिवनारायण भण्डारी, ४ वर्षे बालक अमितकुमार कापर, सुरक्षाकर्मीसँगको भिडन्तमा एक जना सशस्त्र समूहका कार्यकर्ताको हत्या भएको छ भने उदपुरका पत्रकार मोहन गोलेमाथि गोली प्रहार र सर्वसाधारण राजकुमार पञ्जियारमाथि हत्या प्रयासको घटना भएको छ । यी र यस्ता अपराधिक घटनामा युवाहरूलाई संलग्न गराइएको पाइन्छ । वर्तमानका साझेदारको रूपमा रहेका युवाहरूलाई विभिन्न सशस्त्र समूह तथा अपराधिक समूह तथा राजनीति दलले गलतरूपले संलग्न गराउनु देशको लागि दुःख विषय हो ।

पछिल्लो अवधिमा हत्या, हिंसाका घटनामा बृद्धि हुनु तथा राजधानी जस्तो सवेदनशिल क्षेत्रमा विस्फोटक पदार्थ बनाउने कारखान नै बरामद हुनुले देशको शान्ति सुरक्षाको अवस्था नाजुक रहेको देखाउँछ नै यसले सरकारको विशेष सुरक्षा योजनामै प्रश्न चिन्ह खडा गरेको छ । कुनैपनि घटनाका दोषीलाई गिरप्mतार नगर्नु र गिरप्mतार गरिएकाहरूलाई आवश्यक अनुसन्धान नै नगरी उन्मुक्ती दिनु नै यस्ता घटनाको कारक रहेको हाम्रो ठम्याइ छ ।

हत्या, हिंसा तथा अपराधिक घटनामा संलग्नलाई गिरप्mतार गरी कानुनी कारबाही गर्न र युवाहरूलाई कुनैपनि हिंसात्मक तथा अपराधिक घटनामा संलग्न नगराउन हामी सम्बन्धीत सबैको ध्यानाकर्षण गराउँदछौं ।

 

 

गोपीकृष्ण भट्टराई
महासचिव