युवा नीतिको स्वागत

2010-02-24

युवा नीतिको स्वागत

मिति ०६६ फागुन १२ गते

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले युवा नीति, २०६६ जारी गरेकोमा हामी त्यसको स्वागत गर्दछौं । यद्यपी नेपालको भौगोलिक, सांस्कृतिक तथा सामाजिक अवस्थितीलाई ध्यान नै नदिई १६ देखी ४० वर्ष उमेर समूहलाई युवा भनी परिभाषित गरिनुले हामीलाई दुखित बनाएको छ ।

युवा नीतिले युवासम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्न युवा सङ्घ÷सङ्गठनहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ–संस्थाहरू, निजी क्षेत्र, नागरिक समाज र स्थानीय निकायहरूलाई प्रोत्साहन तथा परिचालन गरी उपयुक्त वातावरण सिर्जना गरिने तथा यस्ता संघ–संस्थाहरूको स्रोतलाई युवासम्बन्धी कार्यक्रममा परिचालन गर्न साझेदारको रूपमा लिइने उल्लेख गरीनुले युवासम्बन्धी काम गर्न हामीलाई थप हौसला प्रदान गरेको छ ।

युवा नीतिमा समावेश भएको कुराहरु व्यवहारमा लागू गरी युवालाई वास्तविक रूपमा देश निर्माणका वर्तमान साझेदारको रूपमा स्वीकार गर्न हामी सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौं ।

गोपीकृष्ण भट्टराई
महासचिव