युवा सिकाइ र सम्भावना

युथ  एक्सन  नेपाल  करिब  एक  दशकदेखी  युवाहरुको  साथमा  छ  ।  युवाले युवाका लागि क्रियाशील यस संस्था युवाहरुका अनुभव, सिकाई र संभावनाहरुको पहिचानका आधारमा युवाहरुका साझा सवालमा क्रियाशील छ ।

ग्रामीण समुदाय विशेषगरी सिर्जनशील युवाहरुको अनुभव र क्षमताको पहिचान गरेर तिनै अनुभव र क्षमताका आधारमा गरिएका विकास प्रयाश मात्र दिगो हुन्छ भन्ने संस्थाको मान्यता छ । संस्थाले सचेतना, सशक्तीकरण र सहभागिताका आधारमा युवाहरुको निर्णायक तहमा सहभागिताका लागि युवा र युवा सञ्जालहरुलाई देशभरि सहजीकरण  गरिरहेको  छ  ।  अहिंसात्मक  अभियानका  आधारमा  स्थानीय  शान्ति र सामाजिक सद्भावका लागि संस्था युवाहरुका लागि अवसरहरुको सिर्जना गर्न प्रयासरत  छ  ।  लोकतान्त्रिक अभ्यास,  मानवअधिकारको  प्रत्याभूति  र  सामाजिक सद्भावले जिम्मेवार राज्य संयन्त्र र नागरिकको सम्मानित मानव जीवनको सुनिश्चित गर्न सकिन्छ । संस्था यही प्रक्रियामा युवाहरुसँगको सहकार्यतामा क्रियाशील छ ।