शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याऊ

2010-04-23

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याऊ

मिति २०६७ बैशाख १० गते

लोकतन्त्र स्थापनाको चौथो वर्षको अवसरमा हामी सम्पूर्ण नेपालीहरूमा बधाई ज्ञापन गर्दै लोकतन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान पुर्याउनु हुने शहीद, बेपत्ता पारिएका नागरिक तथा घाइतेहरूप्रति सम्मान व्यक्त गर्दछौं ।

शान्ति प्रक्रियाको निष्कर्ष संविधान निर्माण हो । जनआन्दोलन ०६२÷०६३ पछि भएको संविधानसभा निर्वाचनमा जनताले संविधान लेख्नका लागि दलका प्रतिनिधिहरूलाई चुनेर पठाएका थिए । वर्तमान समयमा दलका जिम्मेवार नेताहरूले तोकिएको समयमा संविधान बन्न नसक्ने भन्ने अभिव्यक्ती दिइरहँदा जनतामा निरासा पैदा भएको छ । संविधान लेखन भन्दा सरकार गिराउने र बनाउने जोर गणितमा दलका नेताहरू तल्लीन रहनुले हामीलाई चिन्तीत तुल्याएको छ ।

राजनीतिक दलहरूलाई जिम्मेवार भई जनताले दिएको जनादेशको सम्मान गर्दै संविधान लेखन प्रक्रियामा लागि शान्ति प्रक्रियाको निष्कर्षको रूपमा रहेको संविधान तोकिएको समयमा जारी गर्न हामी सम्पूर्ण राजनीतिक दलहरूसँग आग्रह गर्दछौं ।

गोपीकृष्ण भट्टराई
महासचिव