संविधानसभा जोगाऊ

2010-06-24

संविधानसभा जोगाऊ

                                                                                                  मिति २०६७ जेठ १० गते

नेपाली जनताको २००७ सालदेखिको संविधानसभाको चाहनालाई जनआन्दोलन २०६२–६३ मुर्तरूप दिएको थियो । सोही अनुरुप देशमा संविधानसभाको निर्वाचन भइ देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पनि भयो । तोकिएको सयम, जेठ १४, मा जनचाहना अनुरुप संविधान नलेखिने निश्चित भइ सकेको छ । दश वर्षे लामो सशस्त्र द्वन्द्वको निकासको रुपमा रहेको संविधानसभा विघटनको संघारमा रहेकोमा हामीलाई चिन्तित तुल्याएको छ । संविधानसभाको लागि युवाले बगाएको रगत खेर जाने त होइन आशंका बढेको छ ।

जनआन्दोलन ०६२÷०६३ पछि भएको संविधानसभा निर्वाचनमा जनताले संविधान लेख्नका लागि दलका प्रतिनिधिहरूलाई चुनेर पठाएका दलहरु संविधान लेखन भन्दा सरकार गिराउने र बनाउने जोर गणितमा तल्लीन रहनु नेपालीको लागि दुःखद बनेको छ । देशका लागि रगत बगाउने ती तमाम सहिदहरूको उच्चमूल्याङ्कन भनेको विस्तृत शान्तिसम्झौता, नेपालको अन्तरिम संविधान, २०६३, जनआन्दोलन ०६२÷०६३ को भवनामा आधारित मानवअधिकारमैत्री संविधान निर्माण नै हो ।

बृहत्तर राष्ट्रिय हितको खातिर राजनीतिक दलरू जिम्मेवार भई वर्तमान सङ्कटको समाधान गरी जनताले दिएको जनादेशको सम्मान गर्दै शान्ति प्रक्रियाको निष्कर्षको रूपमा रहेको संविधानसभा जोगाउन हामी संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई आग्रह गर्दछौं ।

गोपीकृष्ण भट्टराई
महासचिव