स्थानिय स्तरमा सुरक्षित बैदेशिक रोजगार सम्वन्धी काम गर्नका लागि संयन्त्र निर्माण गर

2010-03-03

स्थानिय स्तरमा सुरक्षित बैदेशिक रोजगार सम्वन्धी काम गर्नका लागि संयन्त्र निर्माण गर

मानव अधिकारको विश्वव्यापी आधारभुत मान्यता अनुसार सबै मानव सम्मान पुर्वक बाँच्न पाउनु पर्दछ तर अधिकांश नेपाली आप्रवासी कामदारहरु बैदेशिक रोजगारका सिलसिलामा सम्मानित मानव जीवन जीउन सकिरहेका छैनन् । नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय कानुन, नेपालको विद्यमान संविधान, कानुन अनुसार स्वतन्त्र पुर्वक घुमफिर गर्न, आवतजावत गर्न, रोजगारी रोज्ने हक सबैलाई रहने व्यवस्था गरिएको छ । काम र रोजगारी भनेको व्यक्तिको रोजाईसँग सम्वन्धित छ । सुचनाको हक सम्वन्धि ऐन अनुसार सार्वजनिक महत्वका विषयहरुमा नागरिकलाई सुचना पाउने र माग्ने अधिकार हुनेछ भनिएको छ तर बैदेशिक रोजगारसँग सम्वन्धित कतिपय राज्यका नीति नियम र कार्यक्रमका वारेमा सुचना र जानकारी सम्वन्धित व्यक्तिसँग पुग्न सकिरहेको अवस्था छैन र सम्वन्धित निकाय समेत उत्तरदायी बन्न सकेको छैन ।

यीनै बैदेशिक रोजगारसँग सम्वन्धित विभिन्न विषयहरुमा अन्तर्कृया छलफल गर्न र सम्वन्धित सरोकारवालाहरुलाई सुझाव दिनका लागि चितवनको नारायणगढमा सम्पन्न एक दिवसिय बैदेशिक रोजगार सम्बन्धी नियम कानुनको प्रभावकारी कार्यान्वयनमा आप्रवासी महिला कामदारका सवाल विषयक क्षत्रिय परामर्श भेला निम्न निष्कर्ष निकाल्दै सम्पन्न भएको छ ।

  • स्थानिय स्तरमा सुरक्षित बैदेशिक रोजगार सम्वन्धी काम गर्नका लागि सरकार, नागरिक समाज, नीजि क्षेत्र र सञ्चार क्षेत्र समेतको सहभागितामा संयन्त्र निर्माण गरिनु पर्ने,
  • बैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, रोजगार विभागले स्थानिय स्तरमा बैदेशिक रोजगार सम्वन्धि सुचना प्रवाह गर्नका लागि आवश्यक कार्यक्रम तय गर्नु पर्ने,
  • सहि सुचना उपयुक्त समयमा उपलब्ध हुने वातावरणका लागि जिल्ला स्तरमा बैदेशिक रोजगार सुचना केन्द्र स्थापना गर्नुपर्ने,
  • बैदेशिक रोजगार ऐनको प्रभावकारी कार्यान्वयनका लागि स्थानिय निकाय जि वि स, गा वि स, नगरपालिकाहरु समेतको सहभागिता सुचिश्चित गरिनुपर्नुे,
  • बैदेशिक रोजगारीमा ठगिएका युवाहरुका लागि तत्काल राहत र कानुनी उपचारका लागि जिल्ला तहमा निकाय तोकिनु पर्ने अथवा उपयुक्त निकाय गठन गरिनु पर्ने,
  • सुरक्षित बैदेशिक रोजगारीका लागि पुर्व जानकारी दिनका लागि सञ्चार माध्यमको प्रभावकारी भुमिकाका लागि सञ्चार माध्यमले खेल्न सक्ने भुमिका निक्र्यौल गरिनु पर्ने तथा आप्रवासनलाई सञ्चार माध्यमले समेत प्राथमिकताको विषयका रुपमा राखिनु पर्ने,
  • रिक्रुटमेन्ट एजेन्सीहरुले नियुक्त गर्ने एजेन्टहरुको शैक्षिक योग्यता र न्युनतम आधार निर्धारण  गरिनुपर्ने,
    आप्रवासनमा काम गरिरहेका निकाय र संस्थाहरुले एकिकृत कार्य संस्कारको विकास गर्नु पर्ने,
  • बैदेशिक रोजगारबाट फर्किएका कामदारहरुको सामाजिक पुनस्र्थापना र रेमिटेन्सबाट प्राप्त रकमको सृजनात्मक प्रयोगका लागि परामर्श कार्यक्रम सञ्चालन गरिनु पर्ने,

विष्णु बहादुर खत्री                                                                              महेन्द्र पाण्डेय
कार्यकारी निर्देशक                                                                                  अध्यक्ष
युथ एक्सन नेपाल                                                                  प्रवासी नेपाली समन्वय समिति
आयोजक संस्थाहरुको तर्फबाट
२०६६ फागुन १९
चितवन, नारायणगढ